हुन्डाई भेन्युले गर्यो न्युवर्क अटो शोमा ग्लोबल डेब्यु




काठमाडौं । हुन्डाई कम्पनीले बनाएको हुन्डाई भेन्यु कारले अमेरिकामा चलिरहेको न्युवर्क अटो शोः २०१९ मा ग्लोवल डेब्यु गरेको छ ।
संयोगबश हुन्डाई भेन्युको ग्लोबल डेब्यु र भारतमा सार्वजनिक कार्यक्रम एकैदिन परेको छ ।

हुन्डाईको भेन्यु विभिन्न इन्जिन अप्सनमामा उपलब्ध हुने कम्पनीले जनाएको छ । भारत लक्षित हुन्डाई भेन्युमा १ लिटर क्षमताका तीन वटा सिलिन्डर हुने बताइएको छ । कतिपय बजारमा १.६ लिटर, चार सिलिन्डर इन्जिन विशेषता भएको हुन्डाई भेन्यु उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु