राष्ट्रपति चुनावमा भिडने मुडमा ताइवानका सबैभन्दा धनी व्यक्ति टेरी गौ



काठमाडौं । धनी मानिसहरु प्राय धन कमाउन र उक्त क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्न अनवरत रुपमा लागिरहेका हुन्छन । धनी मानिसहरुका प्रत्येक गतिविधिलाई सबैले विशेष चासोका रुपमा नियाल्छन ।

ताइवानका सबैभन्दा धनी व्यक्ति टेरी गौ सन २०२० मा हुने राष्ट्रपति चुनावमा भिडने भएका छन । उनी फक्सकोनका अर्वपति संस्थापक तथा अध्यक्ष हुन ।

प्रमुख प्रतिपक्ष दल क्युवमिन्ट्याङबाट राष्ट्रपति पदमा उठने नउठनेबारे केहि दिनमा निर्णय गर्ने उनले बताएका छन ।
उनले भनेका छन– यदि मैले राष्ट्रपतिमा उठने निर्णय गरे भने म विशेष प्रक्रियाबाट चल्ने छु । छ महिना अघिसम्म म राष्ट्रपतिमा उठने केहि सोच बनाएको थिएन । चार महिना अघिमात्र ताइवानका युवा जनता भविष्यको खोजीमा रकेको अनुभूत गरेपछि चुनावमा उठने सोच बनेको हो ।


क्लिकमान्डु