एभरेष्ट बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालमा १५ प्रतिशत छुट



काठमाडौं । एभरेष्ट बैंकले चिरायू नेशनल अस्पलातसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

बैंक र अस्पतालबीच हस्ताक्षर भएको सम्झौतामा ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउँन सक्नेछन् ।

साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउनेछन् । ‘सर्भिस विथ स्माईल’ नारासहित बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएकोद जनाएको छ ।

बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जनाएको छ । हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बसुन्धारास्थीत चिरायू नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ ।


क्लिकमान्डु