होटेलको घिनलाग्दो कोठामा बस्दा फुरेको बिजनेश आइडियाले रितेशलाई खर्बपति बनायो
काठमाडौं । भारतका रितेश अग्रवालले सिमकार्ड बिक्रीबाट आफ्नो उद्यमी यात्राको शुरुवात गरे उद्यमी यात्रा थालनी गर्दा उनी ८ कक्षामा अध्ययनरत थिए ।
अहिले २५ वर्ष पुगेका उनी कलेज ड्रपआउट अर्थात् पढ्दापढ्दै कलेज छाडेका विद्यार्थी हुन् । तर उनी अहिले विश्वको बजेट होटल क्षेत्रलाई आफ्नो बहसमा राख्ने योजनामा छन् ।
सन २०१२ मा उनले ओयो फ्रेन्चाइज कम्पनी स्थापना गरे । त्यतिबेला उनी जम्मा १९ वर्षका थिए । अहिले उक्त कम्पनी विश्वको आठौं ठुलो होटल चेनमा पर्छ, जसमा ५ लाख १५ हजार कोठाहरु रहेका छन ।
उक्त बजेट होटल चेनको विस्तारका लागि ओयो कम्पनीले सफ्ट बैंक, सिङगापुरको ग्य्राब, चीनको डिडि चुजिङ लगायत विभिन्न ठाउँमा १ खर्ब डलरभन्दा धेरैको कोष स्थापना गरिसकेको छ ।
गत महिना एयरविएनविले ओयोमा ७ करोड ७५ लाख अमेरिकी डलरको शेयर लिएको छ । एशियाका तीब्र विकासको क्रममा रहेको पर्यटन क्षेत्रमा आक्रामक विस्तार गर्ने योजनामा ओयो रहेको समेत बताइएको छ ।
आगामी ४ वर्षमा ओयोले कोठाको सङख्या २० लाख पुर्याउने योजनामा रहेको छ । यो संख्या विश्वको सबैभन्दा ठुलो होटल चेन रहेको म्यारियोटको भन्दा धेरै हुनेछ । म्यारियोटको हाल १३ लाख कोठाहरु रहेका छन ।
विश्व पर्यटन संस्थाका अनुसार सन २०३० सम्ममा एशियामा ६६ प्रतिशतले पर्यटनको आगमनमा बृद्धि हुनेछ । उक्त लक्ष्य अनुसार अहिले रहेको ३२ करोड ३० लाख पर्यटक आगमनको संख्या बढेर ५३ करोड ५० लाख पुग्नेछ ।
रितेश अग्रवाल कक्षा ११ र १२ को परिक्षा दिन नयाँ दिल्लीमा फोहोर र घिनलाग्दो कोठामा बस्नु परेपछि उनमा बजेट होटल खोल्ने सोच आएको थियो । उनको यो अनुभबले उनलाई सफा र सुरक्षित होटल ब्राण्ड खोल्न उत्प्रेरणा मिल्यो ।
उनले शुरु गरेको ओराभल स्टेज पछि ओयो नाममा परिवर्तन भयो । सन २०१३ मा जब उनको सोचले १ लाख डलर राशिको थियल फेलोसिप पायो, उनी कलेज छोडेर ओयो बनाउनतिर लागे ।
आज ओयो फ्रेन्चाइजले विश्वक ५ सय शहरमा १८ हजारको संख्यामा सम्पत्ती जोडेको छ । एशिया क्षेत्रमा आफ्नो विस्तारमा लागि ओयोले ९५ करोड अमेरिकी डलर खर्च गर्ने भएको छ जसमध्ये ६० करोड अेमेरिकी डलर चीनमा खर्च गरिनेछ ।
चीन विश्वको चौथो ठुलो पर्यटकीय गन्तब्य हो, जहाँ ओयो कम्पनीका २ लाख ५० हजार कोठाहरु स्थापना भइसकेका छन् । अन्य रकम इन्डोनएशिया, भारत र फिलिपिन्समा खर्च गर्ने कम्पनीको सोच रहेको छ ।
ओयोका प्रमुख कार्यकारी अधिकृत रितेश अग्रवाल एक महिनामा ५ देखि २० वटा शहरमा यात्रा गर्छन् । उनी वाटएप्स गु्रपमार्फत सम्पत्ती मालिकहरुसँग सम्पर्कमा रहन्छन । उनको ध्यान अहिले ग्लोबल हस्पिटालीटी मार्केटमा १.२ ट्रिलियन डलर पुर्याउने रहेको बताएका छन् ।
उनी भन्छन्- ‘मेरो चाहाना मेरो होटल क्षेत्र विश्वले सबैभन्दा धेरै माया गर्ने बनाउनु हो ।’