सरकारको कामले पुर्णता पाउँन समय लाग्छः मन्त्री अर्याल
स्याङजा । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताएकी छिन् । सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उनले सरकारका कामले पुर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउने दाबी गरिन् ।
स्याङ्जाको वालिङ नगरपालिका–२ स्थीत छप्राकमा दलित महिलाहरुद्वारा स्थापना गरेको सिद्धबाबा श्रमिक महिला सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । यसैगरी काम गर्दा पारदर्शी किसिमले गर्नुपर्ने उनले बताइन् ।
मन्त्री अर्यालले सरकारले पठाएको बजेट तोकिएकै ठाउँमा प्रयोग गर्न समेत निर्देशन दिइन । ‘सरकारले जुन ठाउँको लागि बजेट पठाएको छ स्थानीय तहले सोही ठाउँमा प्रयोग गर्नुस् । त्यस्तो नगरेर अन्यत्र प्रयोग गरेमा सरकारले हस्तक्षेप समेत गर्ने अवस्था आउन सक्छ । त्यसकारण तपाईहरु सचेत रहनुहोस’, मन्त्री अर्यालले भनिन् ।
मन्त्री अर्यालले श्रमिकलाई हेलोहोचो गरेर देशको विकास नहुने भन्दै सरकारले श्रमिकहरुलाई सम्मान गर्ने बताइन । काम गरेर कोही सानो नहुने भन्दै उनले श्रमिकहरुलाई कामको उचित मुल्य दिनुपर्ने समेत बताइन । ‘गरिब हुनु मानिसको कमजोरी होइन, जन्मदै कोही धनी भएर आउँदैन धनी हुने एउटै मात्र उपाय छ, त्यो परिश्रम हो, परिश्रम गर्न पछि पर्न हुँदैन’, मन्त्री अर्यालले भनिन् ।
घरबार बिहिन जनताका लागि सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेको बताउँदै असुरक्षित घर खरका छाना भएकाहरुलाई विस्थापित गरेर सुरक्षित बस्ती बनाउने अभियान अन्तर्गत जस्तापाताले घर छाउनको लागि प्रति घर ५० हजारका दरले उपलब्ध गराउने बताए ।
चापाकोट नगरपालिकामा विपन्नका लागि आएको जनता आवास अन्तर्गको कार्यक्रममा सम्पन्नशालिले सुविधा लिएको र त्यो सरकारले फिर्ता गराएको स्मरण गराउँदै उनले अशक्तका नाममा आएको सेवा सुविधा अरुले प्रयोग गरे त्यस्तो कार्य सरकारलाई सह्य नहुने बताएन ।
यसैगरी मन्त्री अर्यालले भीरकोट नगरपालिका स्थित नयाँ कृषि अभियान कृषि सहकारीको प्रथम साधारणसभाको उद्घान गदै सरकार कृषि सहकारीका माध्यमबाट गाउँगाउँमा रोजगारी सिर्जना गर्ने योजनामा रहेको बताएन । सहकारीले अब रोजगार मुलक कामका साथै उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने उनको भनाइ थियो ।