महालेखाले भन्यो- कृषि विकास बैंकका कर्मचारीबाट २६ करोड रुपैयाँ फिर्ता गराउनू
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले कृषि विकास बैंकका कर्मचारीबाट २६ करोड रुपैयाँ फिर्ता सरकारलाई निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयको स्वीकृति नलिई बैंकले आर्थिक वर्ष २०६५।६६ र २०६६।६७ को बोनस २६ करोड रुपैयाँ २०६८।६९ मा कर्मचारीलाई पेस्की स्वरुप वितरण गरेकोमा हालसम्म पेस्की नैरहेकोले नियम विपरीत देखिएको उक्त रकम असुल गर्नुपर्ने महालेखाको निर्देशन छ ।
बोनस नियमावली- २०३९ को नियम ६ (३) मा नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस वितरण गर्नु अघि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
नियम ६(६) मा नियम विपरीत बोनस वितरण गरेमा बोनस वितरण गर्न निर्णय गर्ने अधिकारीबाट बोनस रकम सरकारी बाँकी सरह असुल गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम फिर्ता गर्नुपर्ने महालेखाले जनाएको छ ।