संस्थापक सेयर बिक्री गर्दा राज्यलाई २५ करोड १३ लाख नोक्सानी
काठमाडौं । संस्थापक सेयर बिक्री गर्दा राज्यलाई २५ करोड १३ लाख नोक्सानी भएको छ । महालेखा परीक्षक कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनअनुसार राज्यलाई उक्त नोक्सानी भएको हो ।
आर्थिक वर्ष २०७४-०७५ मा विभिन्न ७२ कम्पनीको २ करोड ५५ दाख २० हजार ३२२ कित्ता संस्थापक सेयर बिक्री भएको छ । उक्त सेयर ६४ करोड १४ लाख रुपैयाँमा बिक्री भएको छ ।
महालेखा परीक्षक कार्यालयले जनाएको छ । महालेखाको ५६ औं वार्षिक प्रतिवेदनअनुसार उक्त सेयर कारोबार भएको दिनको साधारण सेयरको न्यूनतम मूल्यमा बिक्री गर्दा पनि १५ अर्ब ६६ करोड ८७ लाख हुने देखिने जनाएको छ ।
बिक्रीमा फरक परेको ५ अर्ब २ करोड ७२ लाख समेत पुँजीगत लाभकर गणना एंव अनुसल हुनुपर्नेमा २५ करोड १३ लाख घटी अससुल भएको देखिएको छ । आयकर ऐन २०५८ को दफा ३७ (१)मा कुनै पनि सम्पति वा दायित्वको निसर्ग गर्दा प्राप्त आम्दानीको भन्दा सो सम्पति वा दायित्व बापतको खर्च घटी भएकोमा फरक रकम आय मानी गडणना गर्ने व्यवस्था रहेको छ ।
लाभकर गणनाका लागि मन्त्रालयको २०६४-१२-५ को मन्त्रीस्तरीय निर्णयमा खुद सम्पति सकारात्मक भएको कम्पनीको हकमा गत वर्षको किताबी मूल्यको ५ गुणा वा साधारण सेयरको बजार मूल्यको ५० प्रतिशत मध्ये जुन कम हुन्छ सो मूल्य वा सो भन्दा बढी मूल्यमा कारोबार मूल्य कायम गर्न सकिने र खुद सम्पति ऋणात्मक भएको कम्पनीको हकमा १८० दिनमो औसत बजार मूल्यको ५० प्रतिशत वा कारोबार भएको दिनको बजार मूल्यकाे ५० प्रतिशतमध्ये जुन कम हुन्छ सो भन्दा बढी मूल्यमा गणना गर्ने उल्लेख छ ।
महालेखाका अनुसार साधारण सेयरको ५० प्रतिशत हुरी गरी संस्थापक सेयरको मूल्य कामय गर्ने आधार देखिदैन । तसर्थ उक्त निर्णयमा पुनरावलोकन गर्न आवश्यक रहेको महालेखाको ठहर छ ।