महालेखाले भन्यो- ६५ जना डाक्टरले कर छले, ब्याजसहित असूल गर्नु



काठमाडौं । डाक्टरहरुले आफ्नो पारिश्रमीकबाट तिर्नुपर्ने कर छलेका छन् । महालेखा परिक्षकको ५६औं प्रतिवेदनले ६५ जना डाक्टरले कर छली गरेको भन्दै उनीहरुबाट ब्याजसति अनुसल गर्नुपर्ने भनेकोछ ।

‘अस्पतालबाट प्राप्त आय मात्र देखाई आय विवरण पेस गर्ने आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वर, कास्की, चावहिल, ललितपुर लगायत ६ कार्यालयका ६५ करदाताले २०७३।७४ मा दाबी गरेको सहयोगी डाक्टर, उपकरणलगायतका अन्य खर्च रु.२६ करोड १२ लाख अमान्य गरी प्राप्त रकममा ऐनको अनुसूची १(१) अनुसार लाग्ने कर रु.५ करोड २२ लाखमा शुल्क र ब्याजसमेत गणना गरी असुल गर्नुपर्दछ ,’ प्रतिवेदनमा भनिएको छ ।

आयकर ऐन, २०५८ को दफा ८(२) ले रोजगारदाताबाट कुनै आय वर्षमा ज्याला, तलब, अतिरिक्त समय काम गरेबापतको शुल्क, कमिसन र अन्य सुविधाबापतको रकमलाई पारिश्रमिकमा गणना गर्नुपर्ने व्यवस्था छ ।

ठूला निजी अस्पतालहरुले चिकित्सक तथा अन्य पदाधिकारीलाई अस्पतालमा काम गरेबापतको पारिश्रमिकलाई परामर्श सेवाको रुपमा खर्च लेखी १५ प्रतिशत अग्रिम कर कट्टा गरेको छ ।

अस्पतालबाट प्राप्त रकमलाई आयमा देखाई आय विवरण दाखिला गर्ने परामर्शदाता चिकित्सकले अस्पतालमा सेवा दिँदा अन्य स्रोत साधन र सहयोगी कर्मचारीको सेवा सुविधाको रकम अस्पतालले नै व्यर्होने अवस्थामा पुनः परामर्श प्रदान गर्ने चिकित्सकले आपूmले छुट्टै कर्मचारी राखेको उल्लेख गरी खर्च दाबी गरेको देखिएको महालेखाले जनाएको छ ।

सम्बन्धित अस्पतालको सामग्री, भौतिक पूर्वाधार र सहयोगी जनशक्ति प्रयोग गरी रोजगारीको हैसियतबाट पारिश्रमिक प्राप्त गरेको अवस्थामा अन्य खर्च दाबी गर्न नमिल्ने महालेखाको ठहर छ ।


पुष्प दुलाल