अल्टो के–१० कारमा थपिए नयाँ विशेषता, नयाँ मूल्य कति ?

क्लिकमान्डु २०७५ चैत २९ गते १६:४९ मा प्रकाशित


काठमाडौं । मारुति सुजुकी कम्पनीले अल्टो के–१० मोडल कारमा  सुरक्षा सम्वन्धि  केहि नयाँ विशेषताहरु थप गरेको छ । विशेषता थप भएसँगै गाडिको मूल्यमा समेत केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।

थप गरिएका विषेताहरुमा एविएस विथ इविडि, ड्राइभर साइड एयरव्याग, रिभर्स पार्किङ सेन्सर, स्पिड अलर्ट, चालक र सहचालक सिटबेल्ट रिमाइन्डर रहेका छन । उक्त मोडलमा थप गरिएका यी विशेषताहरु अब छिटै अल्टो ८०० मोडलमा पनि राखिने कम्पनीले जनाएको छ ।

सुरक्षाका केहि विशेषता थपिएपछि अब यो मोडलको कार किन्नेहरुले पहिलाको भन्दा २५ हजार भारु धेरै तिर्नुपर्ने भएको छ । मारुती सुजुकि अल्टो के–१० खरिद गर्न अब गाडि प्रयोगकर्ताले ३ लाख ६५ हजार देखि ४ लाख ५४ हजार भारु सम्म तिर्नुपर्ने भएको छ । भारतमा यो मूल्य यहि अप्रिल ११ तारिख देखि लागु भएको छ ।

अन्य विशेषता र इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स