ग्लोबल आइएमई बैंकले ल्यायो ‘सबै नेपालीको बचत खाता’ योजना

259
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ वर्ष बैशाख १ गते देखि ‘सबै नेपालीको बचत खाता’ शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।  सरकारले घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता’ सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत यो खाता सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरी बैंकले नयाँ बचत खाता शुरु गरेको जनाउको छ ।

आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई ग्लोबल आइएमई बैंकले १०० बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।

उक्त खाता ग्लोबल बैंको  १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत सहजरुपमा नागरिकता, राहदानी, फोटो सहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने बैंकले जनाएको छ ।

Skip This