नागरिक लगानी कोषले बैंकमा ४ अर्ब ७५ करोड मुद्दति निक्षेपमा राख्ने



काठमाडौँ । पछिल्लो समय ठूलो पूँजी संकलन गर्ने सरकारी स्वामित्वका कोषहरुले बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दै आएका छन् ।

सोही क्रममा नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ क वर्गका बैंकमा राख्ने भएको छ ।

कोषले आज एक सूचना मार्फत आफूसँग रहेको उक्त परिमाणको रकम १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ ।

कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको सूचनामा उल्लेख छ ।

निक्षेपमा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र आवेदन दिन सक्ने कोषले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी बैशाख ३ गते दिउँसो १ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन कोषले आग्रह गरेको छ ।


पुष्प दुलाल