नयाँ वागनआर कार नेपालमा, मूल्य कति, विषेशता के ? (भिडियोसहित)
काठमाडौं । सुजुकी कम्पनीद्धारा निर्मित नयाँ वागनआर कार नेपाली बजारमा आजदेखि सार्वजनिक गरिएको छ । नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले यसको आधिकारीक बिक्री वितरण गर्ने भएको छ ।
यस अघि निर्मि वागनआरको तुलनामा यसमा केहि विशेषताहरु थप गरिएको र यो पुरानोको तुलनमा निकै राम्रो र प्राविधिक हिसाबले पनि निकै राम्रो रहेको कम्पनीको दाबी छ । भारतीय बजारमा निकै राम्रो विक्रि भइरहेको यो कारले नेपाली बजारमा पनि गाडि प्रयोगकर्ताको मन जित्ने वितरकले विश्वास लिएको छ ।
पुरानोको तुलनामा यसको अगाडिको ग्रिलमा केहि परिवर्तन गरिएको छ । अहिलेको ठुलो वागनआर कारमा फग लाइट परिमार्जन गर्नुका साथै हेलल्याम्प पनि केहि ठुलो बनाइएको राजधानीमा आयोजिन सार्वजनिक कार्यक्रममा बताइएको होे ।
गाडिलाई थप आकर्षक बनाउनकालागि अगाडिको भागका साथै पछाडिको भागमा पनि केहि परिमार्जन गरिएको छ । टेल लाईटमा भएको परिमार्जन यसको एउटा उदाहरण हो ।
नेपाली बजारमा उपलब्ध १.० लिटर भीएक्सआई (अप्सनल) मोडलको मूल्य २४ लाख ९९ हजार र १.२ लिटर भीएक्सआई (अप्सनल)को मूल्य २६ लाख ९९ हजार पर्नेछ । त्यसै गरी १.२ लिटर भीएक्सआईको मूल्य २५ लाख ९९ हजार रहने गाडि विक्रेताले माेटाेकर्पले जानकारी दिएको छ ।
यस गाडिको एक्टेरियर डिजानइन निकै बोल्ड रहेको छ । रोबस्ट बडि ल्याङवेजमा उपलब्ध हुने यो गाडिमा रिमोट किलेस इन्ट्रिको सुविधासमेत रहेको छ । स्पेसियस क्याविन, फ्लोटिङ ड्यासबोर्ड, इर्नजेटिक इन्स्ट्रुमेन्ट क्लस्टर, एसि भेन्टस, रियर भ्यु मिरर यसका अन्य आकर्षक विषेशता हुन ।
न्यू विग वागेनआरका रुपमा चिनिएको यो कारमा स्टेयरिङ माउण्टेड कन्ट्रोलको सुविधा रहेको छ । त्यस्तै ड्युअल एयरव्याग, ईबीडीको साथमा एबीएस, रियर पार्किङ सेन्सर र स्पीड अलर्ट सिस्टम जस्ता फिचर्स समेत रहेका छन् ।
गाडि प्रयोगकर्ताहरुको मनोरञ्जनका लागि मध्यनजर गरि स्मार्ट इन्फोटेन्मेन्ट सिस्टमको पनि व्यवस्था गरिएको छ ।