वर्षको अन्तिम दिन पनि सेयर लगानीकर्तामा रोकिएन निरास
काठमाडौं । यो वर्षको सेयर कारोबार हुने अन्तिम दिन पनि सेयर बजारमा गिरावट देखिएको छ ।
वर्षको अन्तिम दिन बिहीबार सेयर बजारमा ०.५९ अंकको गिरावट देखिएको छ । यो दिन नेप्से परिसूचक ११८४.०२ बिन्दुमा रोकिएको छ । यो दिन १७० कम्पनीको १२ लाख ५१ हजार २४१ कित्ता सेयर ३९ करोड ६४ लाख २१ हजार ५०१ रुपैयाँमा किनबेच भएको छ ।
बिहीबार दश उपसमूहको कारोबारमा बैंकिङ ०.५५, विकास बैंक १.२९,जलविद्युत ०.३८,निर्जीबन बीमा कम्पनी ५.७२, माइक्रोफाइनान्स ०.०३ र जीवन बीमा ९.१३ अंकले बढेको छ भने बाँकी सबैको कारोबारमा गिरावट देखिएको छ ।
कारोबार रकमा आधारमा कुमारी बैंक अग्रस्थानमा देखिएको छ । कुमारीको ३ करोड ६३ लाख ९ हजार २१७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः एनएमबी बैंक र एनआईसी एसिया बैंक रहेको छन् ।