सरकारद्वारा सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज



काठमाडौं । सरकारले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकल उक्त निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको बताएका हुन् । क्षेत्रीय प्रशासन कार्यालयको चलअचल सम्पत्ति र अभिलेखहरु सम्बन्धित प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयलाई दिइने उनको भनाई छ ।

पुर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, मध्यमाञ्चल विकास क्षेत्रको हेटौंडा, पश्चिमाञ्चल विकास क्षेत्रको पोखरा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सुर्खेत र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कार्यालय दिपायलमा रहेको थियो ।


क्लिकमान्डु