अब सडकमा बसेर माग्न पाँइदैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि नेपालीले सडकमा बसेर माग्न नपाउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले कुनै पनि नेपालीले खान नपाएर सडकमा माग्न नपर्ने बताएका हुन् ।

उनले भने ‘अब कुनै नेपालीले खान नपाएर सडकमा माग्न बस्नु पर्दैन, सरकारले माग्नै नपर्ने बातावरण बनाउँछ, त्यसैले अब कसैले पनि माग्न पाउँदैन् ।’

प्रधानमन्त्री ओलीले कुनै मान्छे सडकमा मागी रहेको देखेमा सरकारलाई खबर गर्न समेत आग्रह गरे । उनले अब दुःख पाएका जनतालाई सरकारले नै हेर्ने समेत बताए ।

कार्यक्रममा ओलीले अब नेपालमा पनि गाडी उत्पादन गर्ने कम्पनी खोल्ने धारणा राखेको छन् ।

उनले भने ‘मैले नेपालमा नै गाडी उत्पादन गर्ने कम्पनी खोल्ने भन्दा तपाईहरुले मलाई उडाउनु हुन्छ होला, तर हामी भन्दा साना मुलुकले गाडी उत्पादन गरी रहेका छन्, हामीले किन नसक्ने छ, हामी सक्छौं, त्यसका लागि अब राज्यले काम सुरु गर्छ ।’


क्लिकमान्डु