एभरेष्ट इस्योरेन्सले पायो ३०० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति, कति पुग्यो पुँजी ?



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३०० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डको अनुमति पाएसँगै इन्स्योरेन्सले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

हकप्रद बिक्रीसँगै इन्स्योरेन्सको चुक्ता पुँजी बीमा समितिले तोके अनुसार पुग्ने भएको छ ।

हाल २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको हकप्रद बिक्रीपछि १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु