एनसीसी बैंकको एटिएम मेसिन फोड्ने पक्राउ



काठमाडौं । एनसीसी बैंकको एटिएम मेसिन फोडेर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं तिनकुने शाखा कार्यालयमा रहेको एटिएम मेसिन फोडी चोरी गर्न लागेको अवस्थामा रामेछापका १८ बर्षीय विशाल तामाङलाई पक्राउ गरेको जनाएको छ ।

तामाङको साथबाट प्रहरीले एटिएम फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र र मार्तोल १ थान बरामद गरेको जनाएको छ ।


क्लिकमान्डु