मार्च महिनामा गाडी विक्रि ८ प्रतिशतले घटयो

क्लिकमान्डु २०७५ चैत २७ गते १५:३१ मा प्रकाशित


काठमाडौं । फेडरेशन अफ अटोमोवाइल डिलर एसोसिएसनले जारी गरेको मासिक गाडि दर्ता तथ्याङकले मार्च महिनामा गाडिको विक्रि ८ प्रतिशतले घटेको देखाएको छ ।

भारतस्थित उक्त संस्थाले जनाएअनुसार मार्च महिनामा १६ लाख ८२ हजार ६ सय ५६ वटा गाडि विक्रि भएका छन । गत वर्षको मार्चमा १८ लाख २१ हजार ५ सय ३८ गाडि विक्रि भएको थियो । तर यहि फेब्रुअरीको तुलनमा मार्चमा भने विक्रिदर ८ प्रतिशतले बढेको छ ।

दुई पाङग्रे गाडिको विक्रि भने १० प्रतिशतले बढेको देखिन्छ । गत वर्ष र यो वर्षको मार्च महिनालाई मात्र तुलना गर्ने हो भने दुइ पाङग्रे गाडिको विक्रि पनि ७ प्रतिशतले घटेको देखिन्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स