अहिलेसम्म साधारणसभा नगरेका बैंकमध्ये कसले कति लाभांश दिँदैछन् ?



काठमाडौं । अझै पनि तीन वटा वाणिज्य बैंकहरुले साधारण सभा गर्न सकेको छैनन् । बैंकहरुले समयमा नै साधारण सभा नगर्दा त्यसको प्रत्यक्ष असर लगानीकर्ताहरुलाई परिरहेको छ ।

सामान्यतया हरेक वर्ष आर्थिक वर्ष सकिएको ६ महिनाभित्र अघिल्लो आवको साधारण सभा सक्नुपर्नेमा आर्थिक वर्ष सकिएको नौ महिना बित्न लाग्दा पनि तीन वटा बैंकले साधारण सभा सकेका छैनन् । तोकेको समय भन्दा तीन महिना ढिला भइसक्दा पनि साधारण सभा गर्न नसक्ने बैंकहरुमा कुमारी, नेपाल बैंक र सेन्चुरी बैंक तथा सिभिल हुन । यी बैैंकहरुले समयमा नै साधारण सभा नगरेपनि साधारण सभा र लगानीकर्ताहरुलाई दिने लाभांशको भने घोषणा गरी सकेका छन् ।

कुमारी बैंकले वैशाख २६ गते दुई आर्थिक वर्षको साधारण सभा सक्ने जनाएको छ । बैंकले एकै दिनमा सत्रौं र अठारौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले त्यस दिन आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा गर्ने तयारी गरेको छ ।

आव २०७३/७४ का लागि चुक्ता पुँजीको १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४–७५ को लागि चुक्ता पुँजीको ८.५० प्रतिशतका दरले बोनस सेयर प्रस्ताव साधारण सभामा लैजाने भएको छ । बैंकले साधारण सभाका लागि वैशाख ६ देखि २६ गतेसम्म सेयर धनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ ।
यस्तै नेपाल बैंकले पनि अहिलेसम्म साधारण सभा गर्न सकेको छैन । नेपाल बैंकले वैशाख २२ गते वार्षिक साधारण सभा बोलाएको छ । नेपाल बैंकले अहिले लगानीहरुलाई कुनै किसिमको लाभांश नदिने भएको छ ।

बैंकले लगानीकर्ताहरुलाई निराश बनाउने भएको छ । साधारण सभाका लागि बैंकको वैशाख ९ गते बुक क्लोज हुनेछ ।

अहिलेसम्म साधारण सभा नगरेको सेन्चुरी बैंकले वैशाख १२ गते साधारण सभा गर्ने भएको छ । बैंकले आगामी साधारण सभाबाट लगानीकर्ताहरुलाई ६.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले लगानीकर्ताहरुलाई २ प्रतिशत बोनस र ४.५ प्रतिशत नगदसहित ६.५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । साधारणसभाका लागि बैंकले चैत २९ देखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

यस्तै साधारण सभा नगरेको सिभिल बैंकले त अहिलेसम्म अहिले साधारण सभा गर्ने भनेर समय समेत तोक्न सकेको तैन । बैंकले साधारण सभा गर्ने समय तोक्न सकेको छैन । अघिल्लो आवको समेत साधारण सभा गर्न बाँकी रहेको बैंकले गत आव २०७४/७५ को नाफाबाट सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भनेर जनाइसकेको छ । बैंकले २०७३/७४ को लाभांशका रुपमा ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ ।


क्लिकमान्डु