कामना सेवाले लाभांशको सूचना लुकायो, नेप्सेले सोध्यो स्पष्टिकरण
काठमाडौं । कामना सेवा विकास बैंकले लाभाशंको सूचना लुकाएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कामना सेवालाई यो विषयमा स्पष्टिकरण समेत सोधेको छ ।
कामना सेवाको चैत २४ गते बसेको बैठकले १.५० प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।
तर,यसको जानकारी स्टक एक्सचेन्जलाई २५ गते दिनुपर्ने भएपनि कामना सेवाले २६ गते दिएको थियो । सूचिकृत कम्पनीले लाभांशको निर्णय गर्नासाथ नेप्सेलाई यसको जानकारी दिनुपर्ने व्यवस्था रहेको छ ।
सूचिकृत कम्पनीले दिने लाभांशमा साधारण सेयरधनीले नगद लाभांशभन्दा बोनस सेयर बढी रुचाउने गर्छन् ।