सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने साढे ७३ करोड



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार सेयर बजार १०.५८ अंकले घटेर नेप्से परिसूचक ११८१.१० बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार कापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर २५२.८५बिन्दुमा रोकिएको छ ।

मंगलबार १७० कम्पनीको २७ लाख ८८ हजार ८८६ कित्ता सेयर ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिन दश वटा उप समूहको सेयर कारोबार हुँदा सबैमा गिरावट देखिएको छ । बैंकिङ ९.३६,होटल ०.९१, विकास बैंक ३.३५, जलविद्युत ६.८९, निर्जीबन बीमा ८६.५७, उत्पादन तथा प्रशोधन ३६.३२, माइक्रोफाइनान्स १५.११, जीवन बीमा समूह ८३.०२ अंकले घटेको छ ।

यो दिन कारोबार रकममा आधारमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ । इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै दोस्रो र तेस्रोमा कुमारी बैंकको संस्थापक र एनआईसी एसिया बैंक रहेका छन् । यो दिनको कारोबारमा नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, उन्नती माइक्रोफाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताहरुले कमाएका छन भने जोशी हाईड्रोपावर कम्पनी,घलेम्दी हाईड्रो, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु