मारुती सेलेरियो र सेलेरियो एक्स कारमा थपिए विशेषता, मूल्य पनि बढने




काठमाडौं । पछिल्लो समय मारुती सुजुकी कम्पनीलद्धारा निर्मित दुइ मोडलका गाडिमा सुरक्षाका केहि विशेषताहरु थपिएका छन । सेलेरियो र सेलेरियो एक्स मोडलमा उक्त विशेषताहरु थपिएका हुन ।

थपिएका उक्त विशेषताहरुमा एविएस विथ इविडि, स्पीड एलर्ट सिस्टम, ड्राइभर र यात्रुको सिटबेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर रहेका छन ।

केहि सुरक्षाका विषेशता थपिएसँगै गाडिको मूल्यमा पनि केहि बृद्धि हुने भएको छ । भारतमा सेलेरियोको मूल्य ४ लाख ३१ हजार भारु र सेलेरियो एक्सको ४ लाख ८० हजार भारु पर्ने भएको छ ।  भारतमा मूल्य बढेपछि त्यसकाे प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ ।


क्लिकमान्डु