केटिएमले ल्यायो “थ्रिल विटआउट द बिल” याेजना



काठमाडौं । नेपालको लागि केटीएमको आधिकारिक वितरक हन्सराज हुलासचन्दले नयाँ वर्षको अवसरमा “थ्रिल विटआउट द बिल” अफर ल्याएको छ । यो अफर यस प्रिमियम बाइकको सबै नयाँ खरिदकर्ताहरुका लागि लागू हुनेछ ।

नेपालमै प्रिमियम सेग्मेन्टको मोटरसाइकलहरुमा राम्रो बिक्री हुदै आएको केटीएमले नयाँ वर्षको अवसरमा विभिन्न सेवाहरु र पार्टपुर्जामा २ वर्षको लागि बिना शुल्कको मर्मत–संभार सेवा प्रदान गर्ने भएको छ । यो अफर चैतको १ गतेदेखि लागू भइरहेको छ । यस अफर अन्र्तगत् पार्टपुर्जा, इञ्जिन आयल, सर्भिसिङ्ग र लेबर चार्ज शुन्य शुल्कमा प्रदान गरिएको वितरक कम्पनीले जनाएको छ । आफ्ना ग्राहकहरुलाई जेनिउन पार्टपुर्जाहरु प्रदान गर्नुका साथै भविष्यको मर्मत–संभारको खर्चलाई पनि न्यून बनाउन मद्दत गरेर उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाइएको छ । ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा विषेश अफर ल्याउन पाउँदा कम्पनी ज्यादै हर्षित रहेको कुरा कम्पनीले बताएको छ ।


क्लिकमान्डु