सात ठेकेदार कालोसूचीमा, को को परे ? (सूचिसहित)
काठमाडौं । सरकारले निर्माण व्यवसायमा लापवराही गरेको भन्दै ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती ठेकेदारलाई आगामी ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।
कार्यालयले आज एक सूचना प्रकाशित गरी दुग्ध विकास संस्थानसँग आवद्ध रहेको प्रतिष्ठा एक्पोर्ट एम्पोर्ट प्रालिलाइृ ३ वर्ष कालोसूचीमा राखेको छ । यस्तै डिभिजन सडक कार्यालय भरतपुर चितवनसँग सम्वद्ध आरएस निमार्मण सेवा प्रालिलाई ३ वर्ष, हेटौडा सिमेन्ट उद्योगसँग आवद्ध रहेको लवमी जनरल अर्डर सप्लायर्सलाई १ वर्ष कालोसूचीमा राखेको छ ।
यस्तै कान्ति बाल अस्पतालसँग आवद्ध हिमाल मेडिसर्भलाई १ वर्ष, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग आवद्ध रहेको राना एण्ड पाख्रिन कन्स्ट्रक्सनलाई ३ वर्ष, कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई ३ वर्ष, कृष्ण चर्तुभुज निर्माण सेवालाई ३ वर्ष कालोसूचीमा राख्ने निर्णय गरिएको छ ।
यस्तै सशस्त्र प्रहरी बल कार्यालय हल्चोकसँग आवद्ध ग्लोबल विजनेश सप्लायर्स, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय भरतपुर चितवनसँग आवद्ध केएनएस टे«डर्स एण्ड विल्डर्स प्रालिाई ३ वर्ष कालोसूचीमा राखेको छ ।