एकसातामा एनआईसीको सेयर मूल्य १७ प्रतिशतले बढ्यो, संकेत के ?



काठमाडौं । आक्रामक व्यवसाय विस्तारमा अगाडि रहेको एनआईसी एशिया बैंकको सेयर मूल्य एकसातामा नै १७ प्रतिशतले बढेको छ ।

गत आइतबार चैत १७ गतेको सेयर कारोबार बन्द हुँदा एनआईसी एशियाको सेयर मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ थियो । आज एकसातापछि सेयर कारोबार बन्द हुँदा यसको सेयर मूल्य ४६८ रुपैयाँ पुगेको छ ।

आइतबार सबैभन्दा बढी एनआईसी एशियाको सेयर कारोबार भएको छ । यसको ६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी शाखा संजाल बैंकसँग रहेको छ । पुस मसान्तको रिपोर्ट अनुसार निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकपछि दोस्रोमा रहेको छ । कर्जामा बैंक सबैभन्दा अगाडि छ ।

बैंकको व्यवसायको आकारसँगै अघिल्लो वर्षको तुलनामा यो वर्ष पुस मसान्तको रिपोर्टले बढ्दै गएको देखिएको छ । जसले गर्दा बैंकको सेयर मूल्य पछिल्लो समय उकालो लाग्दै गएको छ ।


क्लिकमान्डु