हुन्डाई र टेनसेटबीच स्वचालित गाडीका लागि सफ्टवेयर बनाउने सम्झौता




काठमाडौ । दक्षिण केरियाको गाडी निर्माता कम्पनी हुन्डाइ मोटर र चीनको प्राविधिक कम्पनी टेनसेनवीच विना ड्राइभर चल्ने गाडीका लागि सफ्टवेयर बनाउने सम्झौता भएको छ ।

दुबै कम्पनीबीच संयुक्त अनुसन्धान गर्ने र सुरक्षित र भरपर्दो सिस्टम भएको सफ्टवयर निर्माण गर्ने सम्झौता भएको दक्षिण कोेरियाको मेल बिज्नेश न्युजपेपरमा उल्लेख गरिएको छ । उक्त सफ्टवेयर सन २०३० सम्ममा प्रयोगमा ल्याउने योजनामा हुन्डाई कम्पनी रहेको छ ।
त्यसैगरी यी दुई कम्पनीबीच टेनसेटले बनाएको अत्याधिक प्रख्यात वीच्याटलाई चीन लक्ष्यित गरी निर्माण गरिएको गाडीमा कसरी प्रयोगमा ल्याउने विषयमा पनि काम गरिरहेको बताइएको छ ।

संसारको पाँचौ ठुलो गाडी निर्माता हुन्डाई सन २०२० सम्ममा उच्च स्वचालित गाडी र सन २०३० सम्ममा पुर्ण स्वचालित गाडी ल्याउने योजनामा रहेको छ ।


क्लिकमान्डु