पूँजीबजार लगानीकर्ता संघद्वारा हावाहुरी पीडितलाई राहत वितरण



काठमाडौँ । पूर्वी तराईका बारा र पर्सा जिल्लामा आएको हावाहुरी पीडितलाई नेपाल पूँजीबजार लगानीकर्ता संघले राहत वितरण गरेको छ ।

संघले हावाहुरी प्रभावित क्षेत्र चैनपुर, शिवपुर, रामटोलमा राहत वितरण गरेको छ । जिल्ला समन्वय समितिको समन्वयमा संघले राहत वितरण गरेको अध्यक्ष पोखरेलले बताइन । संघले ३० बोरा चामल, ३ बोरा दाल, ३ बोरा चिउरा, १ बोरा नुन, ५० केजी दालमोठ लगायत सामाग्री वितरण गरेको उनको भनाई छ ।


क्लिकमान्डु