२ वर्षभित्र हरेक जिल्लामा कृषि बजारको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं । प्रधानमन्त्री ओलीले सो कार्यक्रमलाई सम्बोधन गर्दै सरकार र सहकारी आन्दोलन समृद्धिका लागि सँगसँग अगाडि बढ्ने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघले ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘सहकारी आन्दोलन हामीले चलाएको हौं ।

हामी यसको सुरक्षा गछौं , सबल बनाउँन के के गर्नुपर्छ सबै गछौं ।’ उहाँले देशको ठूला जनसख्या कृषिमा रहेको र किसानलाई संगठित गरेर सामुहिक कृषि खेती गरेको खण्डमा उत्पादनका लागि बजारको समस्या नहुने बताउनुभयो । उहाँले २ बर्षभित्र हरेक जिल्लामा एउटा कृषि बजार व्यवस्था हुने र ७७ वटै जिल्ला २ बर्षभित्र यातायातासँग जोडिने बताए ।

उनले प्रधानमन्त्री कृषि आधुनिकिरकण कार्यसँग सहकारीलाई जोडेर लग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘यो कार्यक्रम सहकारीबाट अलग रहेर सफल हुनै सक्दैन।।’ उहाँले भन्नुभयो, ‘उत्पादन गर्ने नाममा विषादियुक्त खाद्यान्न उत्पादन गर्ने होइन अग्र्यानिक उत्पादनमा जोड दिनुपर्छ । यो भन्सामा स्वस्थ खानेकुरा हुनुपर्छ ।त्यस्का लागि किसानलाई चेतना दिन सक्ने क्षेत्र भनेको सहकारी हो ।’

सहकारीमार्फत आधुनिकिकरण गर्न सकेको खण्डमा मात्र कृषि क्षेत्रमा आमुल परिवर्तन हुने धारणा राखे । ‘जीवन कठिन भएको बेला, बाच्न गाहे भएको बेला बाच्न सम्भव बनाउने उद्देश्यले नै सहकारी स्थापना भएको हुन्छ संघर्षका रुपमा शुरु हुन्छ र अनुभवी हुँदै जान्छ र यसले सन्पन्नताको खोजी गर्दै यसमा योगदान दिन्छ ।’ उनले सहकारीको अबको यात्राको विषयलाई प्रष्ट पार्दै भने,‘अबको अभियानको यात्रा समृद्धि, उदम, आधुनकि प्रविधिको प्रयोगका लागि अप्ठ्यारो परिस्थिलाई सहज बनाउन हुने छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी पद्मा मन्त्री अर्यालले ५० करोडभन्दा बढि कारोबार गर्न बचत तथा ऋण सहकारी संस्थालाई अनुगमन गर्ने संयन्त्र निर्माण गर्न लागेको बताइन् । उनले सहकारी एकिकरणमा जोड दिदै पाँच बर्षको अवधिमा सहकारीको सख्यामा ५० प्रतिशत घटाउने आफ्नो लक्ष्य रहेको बताइन् ।

उनले भनिन्, ‘भूमि स्रोत हो, सहकारी माध्यम र गरिवी निवारण लक्ष्य हो ।’ उनले गरिवी निवारण लक्षित कार्यक्रमका लागि २ पालिकाबाट विशेष योजना शुरु गर्न लागेको समेत बताइन् । उनले एक गाउँ एक सहकारीकोअवधारणा आफूले ल्याउन लागेको बताउँदै सहकारीको गुणस्तरीयता बृद्धिमा फोसक गर्ने बताइन् ।

‘सहकारीलाई राजनीतिबाट अलग राख्दै अगाडी बढ्ने छौं,’ उनले भनिन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सार्वजनिक, निजी र सहकारी क्षेत्र सवल भएमात्रै समृद्धि हालि हुने भएकाले सबैसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उत्कृष्ट सहकारी पुरस्कार घोषणा

उत्कृष्ट सहकारी पुरस्कारबाट बहुउद्देश्यी सहकारी संघ लि ललितपुर पुरस्कृत हुने भएको छ ।त्यसैगरि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७५ बाट प्रदेश १ तफृ झापाको शुभलक्ष्मी सहकारी संस्था चुनिएको छ ।

प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संसथा, प्रदेश ३ बाट ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि., गण्डकी प्रदेशबाट बागलुङको आदर्श सञ्चार सहकारी संस्था लि., प्रदेश ५ बाट रुपन्देशीको सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि., कर्णाली प्रदेशबाट सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि रुपन्देही र कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था लि र सुदुरपश्चिम प्रदेशबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत हुने भएका छन् ।


क्लिकमान्डु