गुनासो सुन्न श्रम मन्त्रालयमा कल सेन्टर खुल्यो, गुनासो भए यी नम्बरमा सम्पर्क गर्नुहोस
काठमाडौँ । श्रमिकको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिंहदरबारमा अत्याधुनिक प्रविधि सहितको कल सेन्टर स्थापना गरेको छ ।
कल सेन्टरको उदघाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीका लागि विदेशमा गएका वा स्वदेशमै रहेका श्रमिकहरुको गुनासो सम्बोधन गर्नका निम्ति मन्त्रालयमै कल सेन्टर सञ्चालनमा ल्याएको बताए ।
मन्त्री विष्टले श्रम मन्त्रालय अन्तर्गतका निकायमा कुनै पनि सेवाग्राहीले काम नभए गुनासो गर्न सक्ने र त्यसको तत्कालै सम्बोधन गर्नेे प्रयास गरिने जानकारी दिएका छन । कल सेन्टर मार्फत आएका गुनासो सम्बोधन भए नभएको मोबाइल एप्समार्फत मन्त्रीले मोबाइलबाटै निगरानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
मन्त्रायमा स्थापना गरिएको कल सेन्टरमा एकै पटक ४ ओटा फोनमा कुरा गर्न सकिने व्यवस्था रहेको छ । गुनासाहरु स्वेदशबाट ११४१ वा १६६००१५००५ मा र विदेशबाट ईमेल, फेसबुक, मेसेन्जर, ईमो, भाइबरबाट निशुल्क ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।