हावाहुरीबाट पीडित भएकालाई सहयोग गर्न चाहनुहुन्छ,मुख्यमन्त्री राहतकोषमा गर्नुहोस् सहयोग
काठमाडौं । आइतबार बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आएको हावाहुरीले २५ जनाको मृत्यु भएको छ । हजारौ जना घरबार बिहिन भएका छन् ।
केन्द्र सरकारले प्रदेश सरकार पीडितको राहत तथा उद्दारमा जुटिसकेका छन् ।
स्वंयसेवीहरुले स्वतफुर्त रुपमा सहयोग गरेका छन् ।
२ नम्बर प्रदेश सरकारले पीडितलाई आर्थिक सहयोग गर्न चाहनेको लागि मुख्यमन्त्री राहतकोषमा सहयोग गर्नको लागि आह्वान गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक जनकपुर कार्यालय प्रदेश लेखा नियन्त्रक कार्यालयको खाता नम्बर ११२२०५०३०००००० मा सहयोग गर्न आग्रह गरेको छ ।
प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले मृत्यु हुनेको परिवारलाई ३ लाखको दरले आर्थिक सहयोग दिने घोषणा गरेको छ ।