निम्बस ग्रुपले ३ जिल्लामा अन्न भण्डार गृह बनाउने, पाँच वर्षमा २० अर्ब लगानी गर्ने



काठमाडौं ।  निम्बस ग्रुप अन्तर्गतको नेपाल वेयर हाउजिङ्ग कम्पनी लि तीन जिल्लामा गोदाम गृह(वेयर हाउस) निर्माण गर्ने भएको छ ।

भारतको नेशनल कोलेटरल म्यानेजमेन्टको प्राविधिक सहकार्यमा नेपाल वेयर हाउसिङले तीन जिल्लामा आधुनिक भण्डारण गृह बनाउन लागेको हो । यसमा ५५ हजार मेट्रिकटन अन्न भण्डारण गर्न सकिने छ ।

कम्पनीले यसमा पाँचवर्षभित्रमा २० अर्ब लगानी गर्ने जनाएको छ ।
लगानी सम्मेलनको अवसरमा नेपाल वेयर हाउजिङ कम्पनी र भारतको नेशनल कोलेटर म्यानेजमेन्टबीच प्रविधिक सम्झौतामा हस्तागर भएको छ ।

नेपाल वेयरहाउजिङ्ग कम्पनीले नेपालको सुनसरी, पर्सा र कपिलबस्तु गरी तिनैै जिल्लामा १/१ वटा आधुनिक भण्डारण गृह (पहिलो चरणमा धान, मकै र भटमास)को भण्डार गर्न सकिने छ । दोस्रो चरण मा चामलको भन्डारण समेत गर्ने योजना सहित कम्पनीले भण्डारण गृह बनाउने छ ।

जसमा किसानले ल्याएको अन्नहरुलाई सफाई गरी उचित चिस्यानको व्यवस्थापन गरी, बैज्ञानिक तवरले सुरक्षित भण्डारण गर्नका साथै मण्डी र वेयरहाउजिङ्ग रसिद प्रदान गरी लगानीको बित्तिय करण गराई दिने समेतको योजना कम्पनीको छ ।

यस परियोजनाले बिभिन्न बैंकसँगको सझेदारीमा वेयर हाउजिङ्ग रसिदको सेवा उपलब्ध गराउने छ । जस अन्तर्गत किसानले ल्याएको अन्नको उचित मूल्याङ्गन गरी किसानलाई रसिद प्रदान गरिनेछ र किसानको अन्नको सुरक्षित भण्डारण गरिनेछ । किसानले सो रसिद कम्पनी कै हातामा रहेका बैंकमा बुझाई आफनो अन्नको मूल्यको ७० प्रतिशतमा कर्जा लिन सक्नेछन् ।

यसो गर्दा किसानले आफनो अन्नको उचित मूल्य नपाउनजेल सम्म बिक्री गर्न बाध्य हुनेछैनन् ।

अन्नको व्यापारमा बिचौलियाहरुको प्रभाव न्यूनिकरण गर्ने,माईक्रो बैकिङ्गको सेवा प्रदानगर्ने, किसानको बित्तीय क्षेत्रको सेवाहरुमा पहँुच बढ्ने, अन्न बजारको क्षमता बढने, किसानको बजार सम्मको पहुँच बढने,किसानको आयआर्जनमा बृद्धि हुने अन्नको व्यापारमा सरकारलाई अनुगमन गर्न सरकारलाई सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।

भारतको नेशनलकोलेटरल म्यनेजमेण्ट कम्पनी भारतमा अग्रणी अन्न व्यवस्थापन कम्पनी रहेको छ । भारतका बिभिन्न ८ सय भन्दा बढी स्थानहरुमा यस कम्पनीले अन्न व्यवस्थापन सम्बन्धी सेवा दिदै आएको छ ।


क्लिकमान्डु