एनआरएनले १० अर्बको कोष बनाएर नेपालमा लगानी गर्ने



काठमाडौं । गैरआवासिय नेपालीहरुको संगठन (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । लगानी सम्मेलनका अवसरमा यस्तो सम्झौता भएको हो ।

विभिन्न देशमा रहेका नेपालीहरुले पुँजी संकलन गरेर गर्नका लागि कोष बनाउने र उक्त कोषमा जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गर्ने एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा १० अर्ब पुँजी भएको कोष स्थापना गरेर नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न लागेको भट्टले जानकारी दिए ।
कोषले विभिन्न ऋणपत्रहरु समेत जारी गरेर थप पुँजी संकलन गरी पूर्वाधारमा लगानी बढाउन सक्छ ।

केही समयअघि एनआरएनएका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पनि यस्तो प्रस्ताब गरेका थिए । प्रधानमन्त्री ओलीले अवधारणा राम्रो छ अघि बढ्नुहोस् भनेपछि एनआरएनए उक्त फण्ड स्थापना गर्नका लागि कस्सिएको हो ।

एनआरएनएका सीइओ दवाडीका अनुसार उक्त फण्डले नेपालबाट एनआरएनलाई लक्षित गरेर फण्डको इकाइ बिक्री गर्नेछ । यसरी ५०औं अर्ब रुपैयाँ उठाउन सकिन्छ । तर, त्यसका लागि सरकारले आवश्यक वातावरण भने बनाइदिनु पर्छ ।


पुष्प दुलाल