फोटो र भिडियोमा यस्तो देखियो आठौं अन्तर्राष्ट्रिय व्यापार मेला



काठमाडौ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीको भृकुटिमण्डपमा शुरु भएको छ । अाजदेखि शुरु भएको उक्त मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे  ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा मेला आयोजना गरेको हो ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको यो मेलामा यो वर्ष के छन त खास आकर्षण ? यो आम चासोको विषय हो ।

मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बाङ्गलादेशबाट ४० वटा र बा“की नेपाली स्टल रहेका छन । कूल २२५ भन्दा बढी स्टलमा स्वदेशी एवं विदेशी वस्तु तथा सेवा राखिएको छ । मेलामा भारत, चीन, बंगलादेश पाकिस्तान लगायतका देशहरूको सहभागिता रहेको छ ।

फोटो र भिडियोमा हेर्नुहोस उक्त मेलामा रहेका केहि आकर्षणहरु ।


क्लिकमान्डु