बिगबुलबाट बिगफ्रड बनेका हर्षत मेहतालाई २७ वर्षपछि कर तिर्नु नपर्ने फैसला



नयाँ दिल्ली । भारतको सेयर बजारका  बिगबुलबाट बिगफ्रड बनेका हर्षत मेहताले कर सम्बन्धि मुद्दामा २७ वर्षपछि सफाई पाएका छन् ।

भारतको कर न्यायधीकरणले हर्षत मेहता उनको श्रीमती ज्योति मेहत र भाई आश्विन मेहतालाई लगाउने भनिएको करलाई खारेज गरिदिएको छ । सन् १९९२ मा मेहता परिवारलाई २ हजार करोड भारतीय रुपैयाँको कर तिर्नुपर्ने माग कर अधिकारीले गरेका थिए ।

लामो समयसम्म चलेको बहसपछि कर तिनुनपर्ने फैसला न्यायधिकरणले गरेको हो ।
भारतको सेयर बजारमा घोटाला शब्दको प्रयोग सन् १९९२ मा भएको थियो । यो काम मेहताले गरेका थिए । १५ दिनको लागि ऋण लिने र सो पैसा मेहताले सेयर बजारमा लगाउने गरेका थिए । १५ दिनभित्र बैंकलाई नाफा दिएर उनले पैसा फिर्ता गर्ने गरेका थिए ।

हर्षत मेहतले बैंकमा फेक बिआर बनाएर अर्को बैंकबाट सजिलोसँग पैसा लिएका हुन्थ्थे । यो घोटालाको खुलासा भएपछि उनीलाई ७२ वटा क्रिमिनल चार्ज लगाइएको थियो । भारतीय सर्बोच्च अदालतले उनलाई ५ वर्षको जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

मेहताको निधन जेलमा भएको थियो । सन् २००१ को डिसेम्बर ३१ मा उनको निधन भएको थियो ।

इकोनोमिक्स टाइम्सका अनुसार कर विभागले २८ फ्रेबुअरी १९९२ मा मेहता परिवारलाई एक्सनमा लिएको थियो । त्यो बेला सेयर प्रमाणपत्रलाई जफत गरिएको थियो । जुन ४ १९९२ मा भारतको सिबिआईले मेहता परिवार वरुद्द सर्च अपरेशन चलाउको थियो । १९९२/९२ मा मेहताले फाइला गरेको करलाई विभागले खारेज गरेको थियो ।

१९९५ मा कर विभागले मेहता परिवारलाई लगभग २ हजार १४ करोड भारतीय रुपैयाँ तिर्नुपर्ने निर्धारण गरेको थियो । यो केस राजस्व न्याधिकरणमा पुगेको थियो । २७ वर्षपछि न्याधिकरणले कर विभागले निर्धारण गरेको करलाई खारेज गरेको छ ।

इकोनोमिक्स टाइम्सका अनुसार राजस्व न्याधिकरणले सबै कारोबार कर लगाउन नमिल्ने खालको पैसा गरेको छ । यो कर कानून अनुसार भएको फैसला रहेको समाचारमा उल्लेख छ ।


क्लिकमान्डु