लगानी सम्मेलनको मुखैमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक- २०७५’ पारित



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ ।

संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेका थिए ।

विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट आएको सन्देशसहितको प्रतिवेदन पेश गरेका थिए ।

सरकारले यही चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलन भन्दा अघि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित गरेर लगानीकर्तामाझ विश्वासको वातावरण बनाउने प्रयास गरेको हो ।

यसअघिका केही झन्झटिला व्यवस्थालाई खारेज गर्दै नयाँ विधेयक पारित भएको हो । संसदले पारित गरेको विधेयकमा राष्ट्रपतिले लालमोहर लगाएपछि मात्रै त्यसले ऐनको रुपम लिन्छ ।


पुष्प दुलाल