विएमडब्लु वान सिरिज सेप्टेम्बरमा सार्वजनिक हुने, यस्ता छन् नयाँ विशेषता




काठमाडौ । विएमडब्लु वान सिरिज विश्वभर नै निकै प्रतिक्षा गरिएको गाडि हो । विशेष चासोका रुपमा हेरिएको यो गाडि अन्तत सन २०१९ मा सार्वजनिक हुने भएको छ । वान सिरिज विएमडब्लुको सबैभन्दा सहज गाडि मानिन्छ ।

विएमडब्लुले सार्वजनिक गर्न लागेको यो गाडिमा निकै अपडेट गरिएको बताइएको छ । यो सिरिजको गाडि सन २०१९ को सेप्टेम्बरमा फ्रयाङक्फट मोटर सो मा पहिलो पटक देखाइनेछ । त्यसै गरि यो विएमडब्लुका वान सिरिजहरु सन २०१९ मा युरोपमा सार्वजनिक गरिने छ र सन २०२० देखि विश्व बजारमा पठाइनेछ ।

विएमडब्लु वान सिरिजका सबै गाडिको भित्रि डिजाइन भने पछिल्ला तीनवटा सिरिजको जस्तै हुने कम्पनीले जनाएको छ ।

नयाँ सिरिज फार प्लेटफर्ममा तयार गरिएको छ । यो सिरिजको क्याविन पनि परिवारका लागि हुने गरि ठुलो मोडलमा तया। गरिएको छ तर ड्यास भने सेडानका तीन वटा सिरिजमा जस्तै रहनेछ । गाडिमा हुने इन्फोटेन्मेन्ट स्क्रिन र इन्ट्रुमेन्ट प्यालको आकार भने अझै निधो भएको छैन । नयाँ वान सिरिज पनि विएमडब्लु एक्सवान सिरिजजस्तै फ्रन्ट विल ड्राइभमा आधारित रहने छ ।

फ्रयाङक्फट मोटर सोमा नेक्स्ट जेनेरेजन वान सिरिजका साथै विएमडब्लु टु सिरिजको ग्रयान कुप समेत रहनेछ । फ्रन्ट विल ड्राइभ मोडल भएपनि पहिला उत्पादन भएका गाडि भन्दा यो सस्तो हुने कम्पनिले जनाएको छ ।


क्लिकमान्डु