वैशाख १ बाट प्यान अनिवार्य, लगानीकर्ताको अन्योललाई यसरी प्रष्टयायो बोर्डले



काठमाडौं । आगामी बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरीद, बिक्री गर्दा प्यान नम्बर अनिवार्य लाग्दै छ । उक्त समयदेखि प्यान लाग्ने भएपछि केही लगानीकर्तामा अन्योलता रहेको पाइएको धितोपत्र बोर्डले जनाएको छ ।

उक्त अन्योललाई प्रष्ठयाउँदै बोर्डले भनेको छ ‘दोस्रो बजारमा धितोपत्र खरीद वा विक्री गर्दा दिनभरीको कारोबार वा पटक पटकको कुल कारोबारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोबार गरेमा मात्र स्थायी लेखा नम्बर अनिवार्य हुने व्यहोरा जानकारी गराइन्छ ।’

बोर्डले एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने उल्लेख सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरिएकोमा कतिपय लगानीकर्ताहरुलाई यस वारेमा केही अन्योल भएको बुझिएकोले यसलाई प्रष्ट गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु