शिवम् सिमेन्ट र युनिभर्सल पावरको सेयर कारोबार सुरु, कसको रेञ्ज कति ?



काठमाडौं । शिवम् सिमेन्ट र युनिभर्सल पावर कम्पनीको  सेयर कारोबार आज (बिहीबार) देखि सुरु भएको छ ।

शिवम्ले नेप्सेबाट कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसादेखि  अधिकमत ४८४ रुपैयाँ ८० पैसासम्म रेन्ज पाएको छ । यस्तै शिवमले सेयर कारोबार गर्नको लागि ‘एसएचआइभीएम’ संकेत पाएको छ ।

यस्तै युनिभर्सल पावर कम्पनीको पनि सेयर कारोबार सुरु भएको छ । युनिभर्सलले नेप्सेबाट सेयर कारोबारका लागि न्यूनतम १०१ रुपैयाँ ११ पैसादेखि  अधिकतम ३०३ रुपैयाँ ३३ पैसासम्मको रेञ्ज पाएको छ । यूनिभर्सलको कारोबारमा लागि युपिसिएल संकेत पाएको छ।


क्लिकमान्डु