सेन्चुरी कमर्सियल बैंकले ६.५ प्रतिशत लाभांश दिने



काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले लगानीकर्तालाई ६.५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले २ प्रतिशत बोनस र ४.५ प्रतिशत नगदसहित ६.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हालको चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँको उक्त लाभांश दिने भएको छ ।

लाभांश पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड भन्दा बढी पुग्नेछ । उक्त लाभांश राष्ट्र बैंकको अनुमित र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीर्ताले पाउने छन् ।


क्लिकमान्डु