एसियन लाइफले ६०% हकप्रद सेयर निष्कासन गर्दै, कति पुग्ला चुक्ता पुँजी ?



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुलाई ६० प्रतिशत (१ः०.६ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

चैत २५ गतेदेखि ७५ लाख ४० हजार ३५२.७३ कित्ता सेयर बिक्री निष्कासन गर्न लागेको जनाएको छ । उक्त हकप्रदमा वैशाख २९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

हकप्रदमा आवेदन दिन चाहने लगानीकर्ताले एसियन लाइफको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मुख्य कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट र सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नसकेपछि इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न लागेको छ । हाल १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी भएको इन्स्योरेन्सको हकप्रद निष्कासनपछि २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु