आज दिनभर ग्लोबल आइएमइ बैंकका कुनैपनि एटीएम नचल्ने



काठमाडौं । तपाईंसँग ग्लोब आइएमइ बैंकको एटीएम कार्ड छ भने तपाईं पैसा निकाल्नका लागि एटीएम काउन्टरसम्म जाने दुख नगर्नुहोस् । किनभने आज ग्लोब आइएमइ बैंकका कुनैपनि एटीएम, क्रेडिट तथा डेभिट कार्ड चल्दैनन् ।

बिहीबार बिहान १० बजेदेखि राति ९ बजेसम्म कुनैपनि कार्डहरु नचल्ने बैंकले जनाएको छ । पूरानो प्रविधिको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ प्रविधिको सिस्टम जोड्न लागिएकाले तपाईंसँग भएका कुनैपनि कार्ड आज दिनभर नचल्ने बैंकले जनाएको छ ।

एक सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो । 


पुष्प दुलाल