ल्याण्ड रोभरले गाडिको मूल्य बढाउने, कुन मोडलमा कति बढाउँदै छ ?




काठमाडौ । जगवर ल्याण्ड रोभरले आफुले उत्पादन गरेका गाडिमध्ये कतिपय मोडलको मूल्यमा बृद्धि गर्ने सोच बनाएको बताएको छ ।

यहि आउने अप्रिल १ तारिखदेखि भारतमा यो मूल्यबृद्धि लागु हुने भएको छ । मूल्यबृद्धि सबै मोडलका गाडिमा भने नहुने कम्पनीले जनाएको छ । कतिपय मोडलका गाडिमा हुने मूल्यबृद्धि ४ प्रतिशतले गर्ने निणर्य गरिएको कम्पनीले उल्लेख गरेको छ ।

मूल्यबृद्धि गर्ने घोषणा गरेपनि कुन कुन मोडलका गाडिमा मूल्यबृद्धि हुने भन्ने बारे कम्पनीले अझै केहि खुलाएको छैन ।

भारतमा हुने मूल्यबृद्धिले नेपालमा पनि चल्दै आएको यो गाडिको मूल्यमा बृद्धि हुने छ । तर कहिले र कति बृद्धि हुन्छ, त्यो थाहा पाउन भने केहि समय कुर्नपर्ने देखिन्छ ।


क्लिकमान्डु