जनताको जलविद्युतको सेयर खरीद गर्न प्रधानमन्त्रीले खोले एकै पटक दुई डिम्याट खाता



काठमाडौं । जनताको जलविद्युत्का लागि लगानी गर्ने लक्ष्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा डिम्याट खाता खोलेका छन् ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलो चरणमा माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको सेयर भोलि बिहीबारदेखि बिक्री गरिने भएको छ ।

त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता खोलिसकेका छन् ।

गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमको घोषणाको दिन जनताको जलविद्युत् कार्यक्रमको पहिलो सेयर आफूले खरीद गर्ने प्रधानमन्त्रीले जनाएका थिए ।

प्रधानमन्त्रीले के कति रकम बराबरको सेयर आवेदन गर्न लागेको भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बुधबार डिम्याट खोलेका हुन् । सो अवसरमा हाइड्रो इलेक्टे«क्टिसिटी एउण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि पोखरेललगायतको उपस्थिती थियो ।


क्लिकमान्डु