५ अर्ब बढीको हकप्रद आउने तयारीमा, सेयर बजारमा गिरावट निरन्तर



काठमाडौं । सेयर बजारमा ५ अर्ब २ करोड ३८ लाख ९३ हजार ३ सय रुपैयाँको ५ करोड २ लाख ३८ हजार ९३३ कित्ता हकप्रद सेयर आउने तयारीमा रहेको छ । विभिन्न ८ वटा कम्पनीले ५ करोड २ लाख ३८ हजार ९३३ कित्ता हकप्रद सेयर बजारमा ल्याउन लागेका हुन् ।

धितोपत्र बोर्डको पाइपलाईनमा रहेको हकप्रद सेयर मध्ये जलविद्यु्त कम्पनी, निर्जीबन बीमा कम्पनी, माइक्रोफाइनान्स कम्पनी लगायत रहेका छन् ।

बोर्डका अनुसार पाइप लाइनमा रहेका हकप्रद मध्ये कित्ताको हिसाबमा सबै भन्दा बढी अपी पावर कम्पनीको रहेको छ । अपीले २ करोड २६ लाख ८० हजार कित्ता सेयर जारी गर्न अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । अपीले १ः२ अनुपातमा हमप्रद जारी जारी गर्न बोर्डमा आवेदन दिएको छ ।

हकप्रदको पाइप लाइनमा रहेको कम्पनि मध्ये श्री राम सुगर मिल्सले बोर्डमा आवेदन दिएको झण्डै एक वर्ष नै हुन लागेको छ । एक वर्षदेखि बोर्डमा पाइप लाइनमा रहेपनि अहिलेसम्म अनुमति पाएको छैन ।

पछिल्लो समय सेयर बजारमा निरन्तर जस्तै गिरावट देखिएको छ । बजारमा गिरावट आउँनुमा बैंक तथा वित्तीय संस्थाले जारी गर्ने हकप्रद लगायतका सेयर भएको जानकारहरुको भनाई छ । बजार निरन्तर घटी रहेको समयमा समयमा आउने यस्ता सेयरले असर गर्ने जानकार लगानीकर्ताहरुको भनाई छ ।


क्लिकमान्डु