बिदेशी लगानी ऐन पास गर्दैमा आउदैन, स्टेट अफ कन्फ्युजन हटाउनुपर्छ



काठमाडौ । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले लगानी सम्मेलन निकै नजिक आइसक्दा पनि सरकार गम्भिर नभएको आरोप लगाएका छन

आज राष्ट्रिय सभामा बोल्दै उनले सरकार हरेका कुरामा चनाखो भइ अघि बढनुपर्नेमा प्रधानमन्त्री जिस्किदै हिडेको बताएका छन । लगानी सम्मेलन र देशको सुरक्षा अवस्थाबारे बोल्दै उनले भने– विदेशी लगानी भित्राउन एकै दिनमा २÷३ वटा ऐन पारित गरिदैछ, त्यो पनि हतारहतारमा ।

उनले प्रश्न गर्दै थपे– ऐन पास गर्दैमा लगानी भित्रिने हो र ? लगानीकर्ताले ऐन मात्र नहेरी देशमा कानुनको राज्य छ वा छैन, शान्ति सुव्यवस्थाको अवस्था कस्तो छ र नाफा हुने अवस्था र नाफा रोकिने अवस्था छ वा छैन जस्ता विभिन्न कुराको विश्लेषण गरेर मात्र लगानी गर्ने बताए ।

देशमा पछिल्लो समय बढदो द्धन्द्धबारे सरकारले ठट्टा गर्दै हिडेको तर अवस्था जटिल रहेको समेत उनले बताए । सरकार उहि पुरानो युद्ध चर्काएर अभिमन्युको चक्र दोहोर्याउन चाहेको हो कि समाधान गर्न ? उनले प्रश्न गरे ।

ठुलो स्वरमा भाषण गर्दैमा समस्या समाधान नहुने भएकाले उनले सरकारलाई गभ्रि हुन समेत सुझाब दिएका छन ।


क्लिकमान्डु