बिहानै काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौ उपत्यका र यसका आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुल गरिएको छ ।
आज बिहान ९ बजेर १ मिनेटको समयमा आज ४.१ रिक्टर स्ेकलको भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प गोरखा भूकम्पको पराकम्प नै हो । भूकम्पले काठमाडौं आसपासका क्षेत्रमा केही बेर राम्रै धक्का महसुस गराएको थियो ।
पछिल्लो दिनमा गोरखा भूकम्पको परकम्प नियमित जस्तो गइरहेको छ । आजको भूकम्पको केन्द्रबिन्दु मकवानपुर रहेको केन्द्रले जनाएको छ ।