७ महिनामा काठमाडौं महानगरको आम्दानी भन्दा झण्डै ९ करोड बढी खर्च



काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा आम्दानी भन्दा खर्च धेरै गरेको देखिएको छ ।

महानगरपालिका अन्तर्गतको राजस्व विभागका अनुसार सात महिनाकोे अवधिमा २ अर्ब ३६ करोड २८ लाख ४४ हजार ९५१ रुपैयाँ आम्दानी भएको छ भने सोहि अवधिमा २ अर्ब ४५ करोड ७ लाख ८३ हजार २२८ रुपैयाँ खर्च भएको छ ।

यो अवधिमा महानगरपालिकाले आम्दानी भन्दा खर्च ८ करोड ७९ लाख ३८ हजार २७७ रुपैयाँ बढी गरेको देखिएको छ । महानगरपालिकाले आन्तरिक असुली शीर्षकमा ९९ करोड ५५ लाख ७८ हजार ७ सय ६३ रुपैयाँ आम्दानी गरेको जनाएको छ । यस्तै सबैभन्दा कम करारिय आय शीर्षकमा ३ करोड ५८ लाख ३० हजार २ सय ६९ रुपैयाँ आम्दानी गरेको महानगरपालिका अन्तर्गतको राजस्व विभागका निर्देशक शिवहरी अधिकारीले बताए ।

महानगरपालिकालाई केन्द्रिय सरकारले १ अर्ब ३७ करोड २ लाख ९१ हजार ७७२ रुपैयाँ उपलब्ध गराएको पनि अधिकारीले बताए । यो अवधिमा महानगरपालिकाले २ अर्ब ४५ करोड ७ लाख ८३ हजार २२८ रुपैयाँ खर्च गरेको जनाएको छ । सबैभन्दा बढी पूर्वाधार, सूधार तथा विकास शीर्षकमा खर्च गरेको छ भने सबैभन्दा कम ७ करोड ५९ लाख ६५ हजार ७ सय ७६ रुपैयाँ पुँजिगत खर्च गरेको छ । यता विकास खर्च भने १ अर्ब ६५ करोड ७९ लाख ९४ हजार ६ सय ६६ रुपैयाँ रहेको छ ।

महानगरपालिकाले सम्पत्ती, व्यवसाय, बहाल, विज्ञापन, अन्य आन्तरिक असुली लगायतका शीर्षकमा आम्दानी गरेका छ । पुँजिगत सम्पत्ति, तलब पारिश्रमीक, सुविधा, कार्यालय सञ्चालन, पूर्वाधार सुधार तथा विकास लगायतका शीर्षकमा खर्च गरेको छ ।


क्लिकमान्डु