सनराइज बैंकले पायो १ अर्बको ऋणपत्र बेच्ने अनुमति
काठमाडौं । सनराइज बैंकले १ अर्ब रुपैयाँको १० लाख युनिट ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’ नाममा ऋणपत्र जारी गर्न बोर्डमा दिएको निवेदनलाई बोर्डले अनुमति दिएको हो । १० लाख युनिट मध्ये ४ लाख युनिट सर्वसाधारणलाई र ६ लाख युनिट व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने जनाइएको छ ।
ऋणपत्रको समयावधि ५ वर्षको हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यो ऋणपत्रमा ब्याज भने १० प्रतिशत पाइने छ ।