सेयर बजारमा सामान्य सुधार
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य सुुधार आएको छ । कारोबारको सुरुसँगै लगभग १ घन्टाको अवधिमा झण्डै १० अंकले बढेको सेयर बजारमा १ घन्टा पनि गिरावट देखिएको थियो ।
कारोबारको अन्तिमसम्ममा कारोबार मापन गर्ने नेप्से सूचक ५.९९ अंकले बढेर ११६१.४५ बिन्दुमा रोकिएको छ । यो दिन १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता सेयर ३७ करोड १२ लाख ३६ हजार २५२ रुपैयाँको सेयर किनबेच भएको छ ।
दश वटा उपसमूहको कारोबारमा होटल, विकास बैंक र अन्य समूहको सूचकमा गिरावट देखिएको छ भने बाँकी समूहको सूचकमा सामान्य सुधार देखिएको छ ।
सबै भन्दा बढी जीवन बीमा समूहको ४५.८५, उत्पादन तथा प्रशोधन समूहको ३५.४१, बैंकिङ समूहको ७.६१ अंकले बढेको छ । यो दिनको कारोबार रकमको आधारमा साइन रेसुङगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसको ४ करोड ४६ लाख १ हजार ४४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट र एनआईसी एसिया बैंक क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
यो दिनको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था,यूनाईटेड फाइनान्स, श्री राम सुगर मिलका लगानीकर्ताले कमाउँदला चिनाउ डेभलपमेन्ट बैंक, घलेम्दी हाईड्रो, नाग्दी ग्रुप पावर कम्पनीका लगवानीकर्ताले डुबाएका छन् ।