यमाहाको एमटी–१५ बाइक सार्वजनिक, कहिले आउला नेपाल ?




काठमाडौ । यमाहा कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल एमटी–१५ सार्वजनिक भई आधिकारीक रुपमा विक्रि खुल्ला भएको छ । स्ट्रिट फाइटर वाइकको रुपमा लिइएको यो मोटरसाइकल एमटी रेन्जमो सबैभन्दा नयाँ र शुलभ भएको कम्पनीले जनाएको छ ।

कम्पनीले अब आर सिरिज, एफजेड सिरिज र एमटी सिरिज गरी तीन सिरिजहरुको सुविधा दिने छ । अहिले सार्वजनिक भएको एमटी–१५ ले टिभिएसको अपाचे आरटिआर र केटिएम १२५ ड्युकसँग प्रतिस्पर्धा गर्ने विश्वास कम्पनीले लिएको छ ।

इन्डोन्एसियामा विक्रि गरिएको एमटी–१५ को तुलनामा अहिले भारतमा सार्वजनिक भएको यहि मोडलको मोटरसाइकलमा धेरै परिवर्तन गरिएको छ । अहिलेको सिरिजमा एग्रेसिभ स्ट्यान्स, मस्कुलर स्टाइल र दुइवटा हेडल्याम्प सहित सार्प लुक्स भएको बताइएको छ । मोटरसाइकल प्रयोगकर्ताहरुले यो बाइक गाढा निलो र मेटालिक कालो गरी दुइ रङको अप्सन पाउने छन । सिंगल एविएस युनिट सहित २८२ एमएम फ्रन्छ डिस्क बे्रक भएको यो बाइकको क्षमता १५५ सिसी रहेको छ ।

भारतमा भर्खरै सार्वजनिक भएको यो बाइकको मूल्य एक लाख ३६ हजार भारतीय रुपैंयामा कायम गरिएको छ ।


क्लिकमान्डु